
काठमाडौँ – सत्तारूढ दल नेकपा (एमाले) ले राजावादी सक्रिय भएको भन्दै चैत ११ गतेदेखि शृङ्खलाबद्ध रूपमा आन्दोलनको घोषणा गरेको छ ।
एमालेको घोषणा लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता ज्ञानेन्द्र शाहीले भने यसलाई ‘हरिबिजोग’को संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा व्यङ्ग्य गर्दै शाहीले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,आफैँ सरकारमा आफैँ आन्दोलन गर्ने ? आन्दोलनचाहिँ कसका लागि गर्ने ? स्वर्गबाट मदन भण्डारीले यस्तो हरिबिजोग देख्नुभयो भने के भन्नुहोला ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्