images
images
  • गणतन्त्रवादी र राजावादीले काठमाडौंमा प्रदर्शन गर्दै, महानगरले गर्‍यो यस्तो आग्रह

    काठमाडौं । शुक्रबार(चैत्र १५) गणतन्त्रवादी र राजजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्दैछन् । उनीहरुले प्रदर्शन गर्ने भएपछि सोही अनुरुप सुरक्षा व्यवस्था मिलाइएको छ ।

    काठमाडौं महानगरपालिकाले भने काठमाडौँमा मनाइने महत्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुने गरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको छ । बिहीबार महानगर प्रहरी बलले एक विज्ञप्ति जारी गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न आग्रह गरेको हो ।

    काठमाडौंको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै