
काठमाडौं । नेकपा एमालेले राजावादीहरूको अराजकताको भर्त्सना गरेको छ । राजावादीहरूको समुहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको अराजकताको एमालेले भर्त्सना गरेको हो ।
एमालेले लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने क्रियाकलाप निन्दनीय रहेको बताएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै लोकतन्त्रका पक्षमा गोलबद्ध हुन सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गरेका छन् ।
‘सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ ।’
आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग एमालेले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्