
काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।
गृह मन्त्रालयले उक्त रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।
यसअघि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजकका परिवारलाई ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरिसकेका छन् ।
राजसंस्था पुन:स्थापनाको माग गर्दै दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले काठमाडौंको तीनकुने सहित विभिन्न स्थानमा तोडफोड,आगजनी तथा लुटपाट समेत गरेको थियो ।
आपराधिक क्रियाकलापमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । जनकमाण्डर प्रसाईं भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्