images
images
  • प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी

    काठमाडौं । प्रहरीले यही चैत १५ गते तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको बताएको छ ।

    तीनकुने घटनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेश आचार्यले ठुलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको बताए ।

    उनले प्रसाईंको खोजी कार्य जारी रहेको र चाँडै नै पक्राउ पर्ने समेत बताए । राजावादी प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै