images
images
  • राजावादीलाई गृहमन्त्रीको चेतावनी – व्यवस्था उल्ट्याउनेबारे नसोच्नुस्

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयास सफल हुन नदिने बताएका छन् ।

    शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् । राजतन्त्रको पालमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित नगरिएको कारण गणतन्त्र स्थापना भएको उल्लेख गर्दै व्यवस्था उल्टयाउनेबारे नसोच्न उनको चेतावनी छ ।

    उनले जनतामा आक्रोश र असन्तुष्टि रहेपनि सरकार राम्रो काम गर्ने प्रयत्न गरिरहेको बताए । उनले सरकारले चाहेजति राम्रो काम गर्न नसकेको स्वीकार समेत गर्नुभयो । उहाँले घरमा फोहोर भयो र मुसा पस्यो भने घर सफा गरेर मुसा भगाउने हो कि घरमा आगो लगाउने हो रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले वर्तमान व्यवस्थालाई सुदृढ गर्नुको अरु कुनै विकल्प नरहेको स्पष्ट पारे।

    उनले भने, ‘नेपालको राजतन्त्रको कालखण्डमा कहिलेपनि नेपाली जनतामा सार्वभौम सत्तालाई निहित गरिएन । त्यसकारण मुलुक गणतन्त्रमा गएको हो । र यो व्यवस्थाको संविधान बनेको हो । त्यसकारण जनताको सार्वभौम सत्ता खोस्न पाइदैन । यसमा हामी प्रष्ट हौं । यो प्रयत्न जनतामा निहित शासन व्यवस्था खोस्ने प्रयत्न हो । जनतामा आक्रोश र असन्तुष्टि रहेकाले त्यसो भएको भन्ने कुरा साथिहरुले उठाउनु भएको छ । हामीले राम्रो गर्न कोशिस गरिराखेका छौं, राम्रो गरिरहेका छौं । तथापि जति गर्न सक्नुपथ्र्यो, त्यस्तो गर्न सकिएको अवस्था छैन । कमि कमजोरि होलान् । यो स्वीकार्न कुनै अप्ठ्यारो छैन । तर घरमा फोहोर भयो, घरमा मुसा पसे भने घर फोहार भयो भने मुसा लखेट्ने र सफा गर्ने हो कि घरमा आगो लगाउने हो रु त्यो विकल्प पनि यही गरिमामय संसदले तय गर्ने हो । त्यसकारण घर सफा गर्न म आग्रह गर्न चाहन्छु, आगो लगाउने विकल्प हुन सक्दैन ।

    संघीय लोकतान्त्रि गणतन्त्रात्मक व्यवस्थाका कमजोरीहरुलाई यही व्यवस्थाको माध्यमबाट ठिक गर्दै लैजानुपर्ने उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै