images
images
  • जनमत र नाउपा एकता : रेशम संरक्षक, सीकेलाई कार्यकारी अध्यक्ष

    काठमाडौं – जनमत पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि हुने पद बाँडफाँडमा सहमति जुटेको छ ।

    आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले एकताको टुङ्गो लगाएको हो। बैठकमा एकतापछि नेताहरुको पद, पार्टीको नाम, चुनाव चिन्हमा सहमति जुटेको हो ।

    एकतापछि पार्टीको संरक्षक रेशम चौधरी, कार्यकारी अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठलाई तेस्रो वरीयता दिने गरि सहमति जुटेको नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गा नारायण चौधरीले जानकारी दिए ।

    यस्तै चुनाव चिन्ह भने जनमत पार्टीको ढोकिया राख्ने सहमति भएको छ। पार्टीको नाम नागरिक जनमत पार्टी राख्ने सहमति भएको चौधरीले जनाकारी दिए ।

    बैठकमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जित श्रेष्ठ भने उपस्थित नभएको बताइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै