
भैरहवा (रूपन्देही) । संगठित तवरले सहकारी ठगेको अभियोगमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रूपन्देहीको भैरहवा कारागारमा थुनिएको छ।
शुक्रबार राति पक्राउ परेका उनलाई त्यस रात काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो।
शनिबार बिहान उनलाई भैरहवा पठाइए पनि २ दिन सार्वजनिक बिदा परेकाले सोमबार मात्र अदालतमा उपस्थित गराइएको थियो। लगत्तै अदालतले थुनुवा पुर्जी दिएर कारागार पठाइएको हो।
कारागार जानुअघि उनले सञ्चारकर्मीहरूसँग भने, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ, न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु।’
उनले आफूमाथि प्रतिशोध भएको भन्दै अरूले पनि यो अवस्थाबाट गुज्रिनुपर्ने चेतावनी पनि दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्