images
images
  • सामुदायिक बिद्यालयतर्फ बोधिसत्व मोडेल माबिको शतप्रतिशत नतिजा

    रातोपाटीन्यूज, हेलम्बु । स्थानीय सरकारले शैक्षिक सुधारमा नीति तथा कार्यक्रम बनाएर गुणस्तरबृद्धिमा लगानी गरेपछि सामुदायिक बिद्यालयहरुको शैक्षिक नतिजा शतप्रतिशत आउन थालेको छ ।

    यसैको उदाहरण स्वरुप हेलम्बु गाउँपालिकास्थित बोधिसत्व मोडेल माध्यमिक बिद्यालयले आधारभूत शिक्षा उतीर्ण परीक्षा (८) को नतिजा शतप्रतिशत निकाल्न सफल भएको छ ।

    २०८१ सालको आधारभूत शिक्षाको अन्तिम नतिजामा सहभागी बिद्यार्थीहरु सर्वोत्कृष्ट अंकसहित शतप्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।

    कक्षा ८ को गणित बिषयको परीक्षामा सहभागी २ सय ४३ जना बिद्यार्थीहरुले ९० प्रतिशत भन्दा बढी अंकभार ल्याएका छन् । गणित बिषयमा ७१ जना बिद्यार्थीले एप्लस, ८२ जना बिद्यार्थीले ए र ३५ जना छात्रछात्राले बिप्लस अंकभार ल्याई शततिशत नतिजा ल्याउन सफल भएको उक्त बिद्यालयले जनाएको छ ।

    शिक्षामा निरन्तर लगानी, अनुभवी र दक्ष शिक्षक, अभिभावकको सक्रियता लगायतका कारण पालिकाभरका अधिकाँश बिद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै