images
images
  • दुर्गा प्रसाईंलाई झापा ल्याइयो, आजै काठमाडौं ल्याइँदै

    काठमाडौं –यहि चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक प्रदर्शन पछि फरार रहेका दुर्गा प्रसाईंलाई ​पक्राउ गरेर झापा ल्याइएको छ । नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।

    बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनलाई आजै काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

    प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।

    प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनीमा समेत लुटपाट गरेका थिए । प्रदर्शनका क्रममा प्रसाईंले बलपूर्वक प्रहरी घेरा तोड्दै भीडलाई उत्तेजित बनाएका थिए । तीनकुनेमा भएको राजावादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन् । तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै