images
images
  • दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    काठमाडौँ । दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

    शुक्रवार प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

    जिल्ला प्रहरी प्रवक्ता अपिलराज बोहराका अनुसार प्रहरीले माग गरेको १२ दिनको अनुसन्धान अवधिलाई जिल्ला अदालतले स्वीकारेको हो ।

    तीनकुनेस्थित आन्दोलनलाई उत्तेजनात्मक ढंगले अगाडि बढाउँदै फरार रहेका प्रसाईँ हिजो भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए ।

    भारतीय राज्य आसामको प्रहरीद्वारा नेपाल प्रहरीसँगको समन्वयमा पक्राउ परेका उनी शुक्रवार नेपाल–भारत सीमाबाट नेपाल प्रहरीलाई बुझाइएको हो ।

    अहिले प्रसाईंलाई म्याद थपका लागि आवश्यक कागजात तयार गर्नुका साथै ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी भइरहेको ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै