images
images
  • त्रिभुवन विमानस्थलमा युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवकमाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई कारबाही गरिएको छ ।

    वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई आज जिम्मेवारीबाट हटाइएको हो ।

    प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालका अनुसार काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनीहरूलाई कारबाही गरेको हो ।

    हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको छ ।

    गत ३१ चैतमा दुबईबाट काठमाडौँ आएका मोरङका सञ्जय ओझा दुर्व्यवहारमा परेका थिए ।

    विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि प्रहरीले उनीमाथि दुर्व्यवहार गरेको थियो । पछि उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    ओझाका अनुसार विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौज गर्यो । त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाए तर, प्रहरीले उनैमाथि थप दुर्व्यवहार गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै