images
images
  • समाजवादी प्रेस संगठन नेपालको मौन प्रदर्शनः पत्रकार सुरेश रजकको मृत्युबारे निष्पक्ष छानबिन आयोग गठन गर्न माग

    वैशाख ४, काठमाडौं । एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु घटनाबारे निष्पक्ष छानबिन लागि न्यायीक आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन गरिएको छ ।

    समाजवादी प्रेस संगठन नेपालले बिहीबार काठमाडौंको शान्तिबाटिकामा एक घण्टा मौन प्रदर्शन गरेको हो ।

    प्लेकार्डसहित मौन प्रदर्शन गरेका संगठनका सदस्यहरूले रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष आयोग गठन गर्नुपर्नेसहितका माग राखेका छन् ।

    ‘पत्रकार सुरेश रजक बाँच्नुभएको भए तिनकुनेका घटनाका दोषिहरुका बारेमा धेरै कुरा बाहिर आउने थियो । त्यही डरले उहाँको सुनियोजित तरिकाले हत्या भयो, अनुसन्धानका विधि प्रक्रिया नै पुरा नगरी भएको उक्त रहस्यमय हत्याको सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न र पत्रकारको सुरक्षा गर्न माग गर्दछौँ,’ समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठले भने।

    संगठनका अध्यक्ष श्रेष्ठले पत्रकार रजकको हत्याको निष्पक्ष छानविन समिति गठन गरेर न्यायको प्रत्याभूति राज्यले नदिलाएसम्म थप आन्दोलनको कार्यक्रम तय गर्दै जाने बताउनुभयो ।

    स्वर्गीय पत्रकार रजकले गत चैत १५ गते राजावादीहरुको आन्दोलनको समाचार संकलनको क्रममा काठमाडौंको तीनकुनेमा ज्यान गुमाएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै