images
images
  • शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

    काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

    शिक्षामन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएको नेकपा एमालेका एक नेताले मकालुखबरलाई जानकारी दिए ।

    मन्त्रीपरिषद् बैठक आज साँझ बस्दै छ । तर, मन्त्रीपरिषद् बैठक बस्नु अघि नै शिक्षामन्त्रीले राजीनामा दिएकी हुन् ।

    शिक्षकहरूले सडक आन्दोलन चर्काएपछि उनले राजीनामा दिएको हुन सक्ने बताइएको छ । शिक्षकहरूको घेराबन्दीमा परेकी शिक्षा मन्त्रीले राजीनामा दिएपछि आन्दोलनले अब नयाँ मोड लिन सक्ने देखिन्छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै