images
images
  • माओवादीले सत्ताको लोभ त्याग्‍न सकेन : घनश्याम

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए। उनले कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन्? भन्दै प्रश्न गरे।

    उनले कांग्रेस लायक पार्टी नभएको आरोप लगाए। उनले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे।

    उनले प्रधानमन्त्रीको विरुद्धमा अहिल देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे। त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको बताए। उनले प्रदर्शनमा आउनेहरुले आई लभ यु केपी बा नभई क्रान्तिको हिसाब माग्नुपर्ने बताए।

    उनले भने, ‘मैले पटक-पटक भन्ने गरेको छु, कांग्रेस पार्टी भनेको न लायक पार्टी हो, न नालायक पार्टी हो। त्यो अरू नालायक भए भने लायक भएर देखिन्छ, अरु लायक भए भने त्यसको महत्व नै रहँदैन। अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ। नेकपा (माओवादी केन्द्र)। माओवाद भनेर नाम राखेको छ। के हो माओवाद? व्याख्या पनि गर्न सक्दैन। कहिले यो सरकार गएर काँग्रेस आओस् भन्छ, साँच्चै अहिलेको काँग्रेस नेतृत्वको सरकार बनेर यो समस्या समाधान हुने हो? एउटा जिम्मेवार मान्छेले बोल्दा त्यस्तो भन्छ?’

    महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताए। उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै