images
images
  • ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ का सन्दर्भमा ६ हजारलाई इमेल

    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुलनाराका साथ आफ्ना एजेन्डालाई रचनात्मक आन्दोलनका रुपमा अघि बढाइरहेको छ।

    विभिन्न पक्षा र व्यक्तिसँग साक्षात्कार गरिरहेको पार्टीले राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरुले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव अघि सारेको छ।

    केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहनुभएका महासचिव घनश्याम भुसालकाअनुसार सुशासन र रोजगारी केन्द्रीत आन्दोलनमा दर्जनबढी विषयगत छलफल भएका छन्। साथै सुझाव माग्दै ६ हजारलाई इमेल पठाइएको छ।

    चैत एक गतेदेखि सुरु अभियानमा महासचिव भूसालले प्रारम्भिक अवधारणा राख्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा प्रस्ताव अघि सार्नुभएको थियो। सुशासन र रोजगारीको ग्यारेन्टी गर्दै समाजवादको आधार तयार गर्ने आजको राजनीतिक एजेण्डा तय गर्ने उनको मत थियो।

    त्यस अन्तर्गत मुलधारका मिडियाका सम्पादक,नागरिक अगुवा, कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रका विज्ञहरुसँग छट्टुाछुटट्टै छलफल भइसकेको छ। साथै अन्य क्षेत्रसँग पनि क्रमश: छलफल गरिने पार्टीको तयारी छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै