images
images
  • आन्दोलन प्रभाव : कक्षा १२ को परिक्षाका लागि तोकिएका केन्द्राध्यक्षले दिए राजीनामा

    काठमाडौं । नेपाल शिक्षक महासङ्घको आन्दोलनको प्रभाव देखिन थालेको छ। कक्षा १२ को परीक्षाका लागि तोकिएका दैलेख र धनकुटाका दुई केन्द्राध्यक्षले राजीनामा दिएका हुन्।

    दैलेखको आठबीस नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायले शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै केन्द्राध्यक्ष पदबाट राजीनामा दिएका हुन्।

    त्यसैगरी, धनकुटाको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र भट्टराईले पनि केन्द्राध्यक्षको जिम्मेवारीबाट अलग भएको जनाएका छन् ।

    दुवै प्रधानाध्यापकले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका छन्। राजीनामा पत्रमा उनीहरूले परीक्षा नियन्त्रकले ‘हुकुमी शैली’मा परीक्षा केन्द्रमा जान आदेश दिएको उल्लेख गर्दै त्यस्तो अवस्थामा काम गर्न नसकिने बताएका छन्।

    नेपाल शिक्षक महासङ्घले  गत चैत २० गतेदेखि विभिन्न माग राख्दै सडक आन्दोलन गरिरहेको छ र कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई आग्रह गरेको छ। यद्यपि, राष्ट्रिय परीक्षा बोर्डले भने निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने अडान लिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै