images
images
  • एक हप्ताभित्र जुत्ता, चप्पल र औषधिमा एमआरपी राख्न सरकारको निर्देशन

    काठमाडौं । सरकारले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक सङ्घ नेपाल र रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाललाई एक साताभित्र एमआरपीसहित लेबल लगाउन निर्देशन दिएको हो ।

    विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मङ्गलवार यी दुई सङ्घसँग छलफल गरेको थियो । उक्त छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले बताए ।

    उनका अनुसार गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो ।

    अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने उनले बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै