
सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार परिवर्तनको संकेत गरेका छन्।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार बेलुका वाईसीएल नेपालको पाचौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै माओवादी केन्द्र सरकारमा जानुपर्ने परिस्थित आउन सक्ने बताएका हुन्।
उनले भने, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’
ओली सरकारकै कारण व्यवस्थामा प्रश्न उठाउँदै प्रतिगमनकारीहरू सतहमा आएको जिकिर उनले गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्