
काठमाडौं । सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहलेना सम्बन्धमा लिखित जवाफ माग गरेको छ ।
मंगलबार अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जबाफ माग गरेको हो।
सर्वोच्चका प्रवक्ता अच्युत कुईँकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको छ । ‘आफै वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईँकेलले भने।
आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले अवहेलनाको रिट दर्ता गरेका थिए ।
संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले अदालतले विश्वसनीयता गुमाइरहेको अभिव्यक्ति दिएका थिए । ‘संवैधानिक पदाधिकारीको पदावधि सकिनै लाग्दा पनि हाम्रो सम्मानित अदालतले कहिले हेर्दा हेर्दै भनेको छ । कहिले हेर्न नभ्याइने भनेको छ कहिले के भनेको छ । यसले अदालतको विश्वसनीयतामा प्रश्न उठाएको छ,’ उनले भने ।
उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्