
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ नै गैर कानुनी रहेको खुलेको छ ।
चौधरीको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । तर, मुद्दा विचाराधीन रहेकै अवस्थामा सर्वोच्चले आज मात्रै पक्राउ गर्न पत्र जारी गरेको थियो ।
मुद्दा विचाराधीन भएको विषयमा पत्र गएपछि महान्यायाधिवक्ता रमेश बडाल नै आश्चर्यमा परेका छन् । ‘मुद्दा विचाराधीन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउनासाथ उहाँका बारेमा अरु निर्णय होला’ उनले भने ।
सर्वोच्च अदालतले फेरी अर्को पत्र पठाउने तयारी गरिरहेको छ । प्रहरीले सर्वोच्चको पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो ।
यस्तो छ पत्र
विषय:–कैदमा राख्न पठाइएको सम्वन्धमा ।
मुद्दाः– कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी।
श्री कारागार कार्यालय
डिल्लीबजार, काठमाण्डौं
प्रस्तुत विषयमा वादी नेपाल सरकार प्रतिवादी कैलाली जिल्ला साविक दुगौली गा.वि.स. वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी समेत भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा पाशविक किसिमले ८ (आठ) जना सुरक्षाकर्मी र १ (एक) जना नाबालकको हत्या गरेको जघन्य भन्दा पनि तल्लोस्तरको कुर अपराध गरेको ठहरी यस अदालतको मिति २०८०।०२।०२ को पाना २३० को फैसलाले निज प्रतिवादी रेशमलाल चौधरीलाई जन्म कैद २० (वीस) वर्ष कैद हुने ठहरी फैसला भएको अवस्थामा सम्माननीय राष्ट्रपति महोदयवाट श्री सर्वोच्च अदालतबाट पूर्ण फैसला तयार नभई अपराधलाई राजनीतिकरण हुने गरी मिति २०८०।०२।१४ मा दिइएको माफी यस अदालतमा मिति २०८०।०२।१६ मा दर्ता भएको मु.नं. ०७९–७०–१३३७ को उत्प्रेषण मुद्दामा यस अदालतको पूर्ण इजलास वा संवैधानिक बृहत पूर्ण इजलासवाट सिघ्रातीसिघ्र सो आदेशमा फैसलाद्वारा आवश्यक कारवाही हुने नै हुँदा र मु.नं. ०८०–wf–००२६ को रिट निवेदक भारती शेर्पा प्रत्यर्थी राष्ट्रपतिको कार्यालय शितल निवास काठमाण्डौं, रिगल ढकाल समेत भएको मुद्दा मिति २०८०।०७।१६ मा फैसला भएको व्याख्या, नजिरको समेत अनुशरण गरी न्यायिक कारवाही हुने र सो फैसला पछि श्री कैलाली जिल्ला अदालतबाट पुनः कैदी पूर्जी जारी हुने नै हुँदा हाललाई निज प्रतिवादीलाई नियमानुसारको सिधाखर्च दिई कैदमा राख्नु हुन यस अदालतको मिति २०८०।०२।०२ को फैसला अनुसार अनुरोध छ।
महिमानसिंह विष्ट शाखा अधिकृत
बोधार्थ
१.) श्रीमान प्रहरी महानिरीक्षकज्यू, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाण्डौः निज प्रतिवादी नेपाल राज्यभरी जहाँ भए पनि तत्काल पक्राउ गरी प्रहरी प्रधान कार्यालयमा झिकाई यो कैदीपूर्जी बमोजिम कारागार कार्यालय डिल्लीवजारमा कैदमा राख्न यस अदालतका अधिकारीलाई आवश्यक सहयोग गर्नु हुन अनुरोध छ ।
२.) श्री कैलाली जिल्ला अदालतः पछि नियमानुसार पुनः कैदीपूर्जी दिनुहुन ।
३.) प्रतिवादी रेशमलाल चौधरीः नियमानुसारको सिधा खर्च उपभोग गरी यो कैदी पूर्जी बमोजिम कैदमा वस्नु हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्