images
images
  • आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति

    काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको वार्तामा सहभागी एक सदस्यले बताए ।

    उनका अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

    शिक्षकसँगको वार्तामा सहमति जुटे लगत्तै वार्तामा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद्को बैठकमा सहभागी भएको छ । उनीहरुले उक्त सहमति मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने छन् ।

    मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक पनि सुरुभएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै