images
images
  • सुशासन र रोजगारी पक्षमा वडास्तरबाटै खबरदारी गर्न कार्यकर्तालाई निवर्तमान मुख्यमन्त्री सोडारीको निर्देशन

     धनगढी । नेकपा (एकीकृत समाजवादी) पोलिट व्युरो सदस्य एब्ंम सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री दीर्घ सोडारीले सुशासन र रोजागरीको लागि राज्य लाई वडास्तर बाट खबरदारी गर्न निर्देशन दिएका छन् ।

    शनिबार पार्टी गौरीगंगा नगर कमिटीको ९ औं बैठक तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै सोडारीले पार्टीको संगठीत सदस्यले वडा सरकार देखीनै खबरदारी गर्नु पर्ने बताएका हुन ।

    देशमा राज्य सञ्चालकहरु संग जनतको निराशा बढेको भन्दै रोजगारी श्रृजनाको लागि अर्को आन्दोलन शुरुवात पार्टीले गरेको बताए ।

    सोडारीले भने–’हामीले जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकार र संघिय सरकारका प्रधानमन्त्रीलाई शान्तीपुर्ण ढंगबा सुशासन र रोजगारी स्पष्ट धारणा पेश गरि सकेका छौं । तपाईहरु वडास्तर बाट शुरु गर्नुहोस । यदी राज्यले सुन्दैन भने सडक आन्दोलनको लागि तयार भएर बस्नु होला । हामी संगठनमा सानो छौं भनेर हच्कीने होईन । हरेक परिवर्तन आन्दोलन बाट सम्भव मात्रै भएका छन् । तपाई वडामा एक जना भएपनी निस्कीनुहोस् । अहिलेको जनता मुख्य माग भनेको नै रोजगारी र सुशासन भएको छ ।’

    यस्तै कार्यक्रममा पार्टीका प्रदेश सचिब सुरेन्द्रमान कार्की, गौरीगंगाका नगर इन्चार्ज तुलाराम उपाध्याय लगाएतकाले मन्तव्य राखेका थिए । कार्यक्रको अध्यक्षता नगर अध्यक्ष ललित बोहराले गरेका थिए भने सञ्चालन सचिव मोहन ऐरले गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै