images
images
  • माफ नेपालले समलिङ्गी विवाहबारे धार्मिक समुदायको दायित्व विषयक गोष्ठीको आयोजना गर्दै

    काठमाण्डौँ । मिडिया एड्भोकेसी फोरम नेपालले समलिङ्गी विवाहबारे धार्मिक समुदायको दायित्व विषयक गोष्ठीको आयोजना गर्ने भएको छ ।

    माफ नेपालले भोली आइतबार होटल अर्यालमा समलिङ्गी विवाहलाई कानूनी मान्यता दिनाले समाज तथा राष्ट्रमा पर्ने असर तथा यसबारे धार्मिक समुदायको दायित्व विषयक संगोष्ठी कार्यक्रमको आयोजना गर्ने भएको हो । कार्यक्रममा अन्तरधार्मिक, पत्रकार, समाजसेवी, नागरिक समाजको उपस्थिति हुनेछ ।

    माफ नेपालका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी विदुर अधिकारीले पछिल्लो समय विश्वमा र हाम्रो राष्ट्रमा समेत समलिङ्गी विवाह र पारलैङ्गिकता जस्ता गम्भीर विषयले व्यापकता पाउँदै गएको र देशको कानुन निर्माण तथा न्यायिक फैसलामा समेत यसले प्रभाव पार्दै आएकोले यस विषयमा धार्मिक समुदाय तथा धर्मगुरूहरूको साझा बुझाइ र अवधारणा निर्माण गरी सो विषय सरोकारवाला निकायहरू तथा आम नागरिकमा एक मार्गदर्शनका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता महशुस गर्दै सो गोष्ठिको आयोजना गर्न लागेको बताउनुभयो ।

    समलिङ्गी विवाह र पारलैङ्गिकता जस्ता गम्भीर विषय प्रकृति र ईश्वरीय विधानका विपरीत हुन् भन्ने अवधारणा यस अघिका विभिन्न कार्यक्रमहरूमा अभिव्यक्त भइसकेको र अब यसका विपक्षमा सबै धार्मिक समुदायको साझा आवाज रहेकोले यो विषय राज्यको सरोकारवाला निकायहरूसम्म पुर्याउनुपर्ने र खबरदारी समेत गर्नुपर्ने गहन जिम्मेवारी सम्पूर्ण धार्मिक समुदाय र धर्मगुरू तथा अभियन्ताहरूमा आइपुगेको आयोजकले निष्कर्ष निकालेको छ ।

    वि.स. २०७६ असोज २ गते विधिवतरुपमा दर्ता भएको पैरवी पत्रकारहरुको साझा संस्थाका रुपमा स्थापित मिडिया एड्भोकेसी फोरम नेपालले नागरिकको सामाजिक सरोकारका मुद्दामा संचार पैरवी गर्नूका साथै अल्पसंख्यक धार्मिक समुदायको अधिकारको आवाज उठान गरी विशेषगरी आस्थाका कारण सतावटमा परेकाहरूको आवाज मिडियामार्फत सम्बन्धित निकाय तथा सरोकारवालासम्म पु-याउन निरन्तर पहल, वहस तथा भेटघाट र पैरवी गर्ने कार्य गर्दै आएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै