images
images
  • कर्णाली प्रदेशसभा बैठक वैशाख २८ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय

    सुर्खेत– आइतबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते प्रदेशसभाको बैठक गर्ने निर्णय गरेको छ ।

    वैशाख २८ गते दिनको ३ बजे प्रदेशसभाको बैठक आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको हो ।

    त्यस्तै मन्त्रीपरिषद्को बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहरकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै