
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारतको भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा मृत्यु भएकी छात्रा प्रिशा साहको विषयमा छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सिंहले सरकारले यस घटनाप्रति बेवास्ता गरेको आरोपसमेत लगाए ।
उनले भने, “यसअघि प्रकृति लम्सालको केसमा सरकारले केही तदरुकता देखाएको थियो । तर, मधेसकी बेटी सरकार भएको कारण प्रिशा साहको विषयमा सरकार मौन छ । परराष्ट्र मन्त्रालय विदेश घुम्न मात्र बनेको हो की आफ्नो नागरिकको सुरक्षा गर्नलाई बनेको हो ?”
सिंहले भने, “यसको न्यायिक छानबिन होस् । हाम्रा चेली त्यही इन्स्टिचुटमा मृत फेला पर्छन् ?”
प्रिशाको घटनामा सरकारले विभेद गरेको उनको आरोप छ । “चेलिबेटीमा पनि विभेद ? पहाडीकी छोरी भए प्रधानमन्त्रीले फोन गरेर परिवारलाई सन्त्वाना दिने ? मन्त्रीहरुको लर्को लाग्ने ? मधेसकी चेली भएर कोही पनि बोल्न नमिल्ने ?” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्