images
images
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ ।

    राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. पौडल विश्वविद्यालयका सहप्रध्यापक हुन् ।

    कार्यक्रम संयोजकका रुपमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. खड्ग केसीले बिहीबार कार्यक्रम संयोजकका रुपमा डा. पौलेललाई स्वागत गरेका थिए ।

    बिहीबार नै विश्वविद्यालयले एमफिल–पिएचडीका लागि भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको थियो ।

    कार्यक्रममा उपकुलपति प्रा डा केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका उदाहरणसहित प्रष्ट पारे । यो विषयको अध्ययनले नेपालको अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धलाई थप बलियो बनाउन सक्दछ भन्ने धारणा उनले राखेका थिए ।

    विभागीय प्रमुख अपेक्षा शाहले विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने जानकारी प्रदान गर्दै डा. पौडेललाई स्वागत गरेकी थिइन् ।

    पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै