
काठमाडौं । समाजवादी प्रेस संगठन नेपाल, उपत्यका प्रदेश समितिको अध्यक्षमा विष्णु रैगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न उपत्यका प्रदेश विशेष भेलाले अध्यक्ष रैगाईंसहितको कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
उपत्यका प्रदेश समितिको उपाध्यक्ष सुशन सर्जन रामदाम (खुल्ला), उपाध्यक्ष(महिला)मा राधिका भट्टराई, सचिवमा योगेन्द्र चौलागाईं, सहसचिवमा गणेश वि.क., सहसचिव (महिला)मा दीपा बोहरा र कोषाध्यक्ष निरोज तोलाङे सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै सदस्यहरुमा टीका रसाइली, पुष्पा बुढाथोकी, मुना भट्टराई, डिगबहादुर श्रेष्ठ, केशव बजगाईं, निरज रन्जित, रोशन राई, रमेश संग्रौला, पुजा पौडेलसमेत सर्वसम्मत निर्वाचित भएका हुन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमै प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्ने बताए।
संगठनले श्रमजीवी पत्रकारको हकहित अधिकार संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले खोजमूलक प्रकाशनका कार्य गर्न सुझाव दिए।
विश्व प्रेस काउन्सिल उपाध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्धति थप बलियो हुने विश्वास व्यक्त गरे।
संगठनको सल्लाहकारसमेत रहेका उनले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए।
नवनिर्वाचित अध्यक्ष रैगाईंले आफ्नो नेतृत्वमा संगठनलाई थप सशक्त, व्यवसायिक र श्रमजीवी पत्रकारहरूको साझा आवाजको रूपमा उभ्याउने प्रतिबद्धता व्यक्त गरे।
विशेष भेलामा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, पार्टी प्रचारप्रसार विभाग तथा प्रेस संगठनसम्बद्ध पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्