images
images
  • प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

    काठमाडौँ : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्।

    नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरुलाई राष्ट्रहितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताए।

    उनले वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्यूनीकरणका लागि सञ्चारक्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

    उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले हुने वातावरणीय क्षति न्यूनीकरणका लागि सञ्चारकर्मीले कलम चलाउँदै नीति निर्माण तहमा रहेकाहरूलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी रहेको बताए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै