images
images
  • सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रतिनिधि सभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन्‌ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद्‌मा पेश गरिएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि सांसद्‌हरूले उठाएको प्रश्नको जवाफ पनि आजै दिएका थिए ।

    विपक्षी दलका सांसद्‌हरूले सरकारका नीति तथा कार्यक्रममाथि पेश गरेका अधिकांश संशोधन प्रस्ताव भने अस्वीकृत भएको छ ।

    नीति तथा कार्यक्रम पारित भएकाले सरकारलाई जेठ १५ गते सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ ।

    सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्‌ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै