images
images
  • पूर्वप्रधानमन्त्री प्रचण्डलाई नेपाल पारालिम्पक समितिका पदाधिकारी र खेलाडीहरुले बुझायो ३ बुँदे ध्यानाकर्षण पत्र (मागसहित)

    ललितपुर। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल पारालिम्पक समितिका प्रतिनिधिहरुसहितको खेलाडीहरुको एक प्रतिनिधि टोलीले भेट गरी अपाङ्गता खेलकुद प्रर्वद्धनका लागि पहल गरिदिन ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

    मंगलबार राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माको विशेष उपस्थितिमा नेपाल पारालिम्पिक कमिटीका कोषाध्यक्ष ओम नाथ सिवाकोटी, नेपाल सुटीङ्ग पारा स्र्पोट्सका उपाध्यक्ष तथा सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक बिजता अधिकारी, भारतको नयाँ दिल्लीमा भएको वल्र्ड पारा एथ्लेटीक्स २०२५ का रजत पदक विजेता प्रभा आङ्गदेम्बे सम्मिलित टोलीले पूर्व प्रधानमन्त्री दाहाललाई उहाँको निवासमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

    भेटमा हालसम्म पारालिम्पिक खेलकुदमा अपाङ्गता भएका खेलाडीहरुले हाँसिल गरेका महत्वपुर्ण उपलब्धिहरुबारे जानकारी गराउनुका साथै अपाङ्गता खेलकुद क्षेत्रलाई सरकारबाट अझ सहयोग भएमा अपाङ्गता खेलकुदमा सहभागी खेलाडीहरुको साहस र हौसला बढ्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय पारा खेलकुदहरु उत्कृष्ट नतिजहरु प्राप्त गरी राष्ट्र पहिचानमा समेत योगदान हुने विषयबारे जानकारी गराएको छ ।

    नेपाल सुटीङ्ग पारा स्र्पोट्सका उपाध्यक्ष तथा सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक बिजता अधिकारीले भन्नुभयो, ‘अपांगता भएका व्यक्ति पनि अरुसरह सक्षम छन्, राज्यले अपांगता भएका व्यक्तिहरुको जीवनमा खुशी, आदर र सम्मान तथा पहिचानसहितको समृद्धिका लागि ठोस कदम चाल्नुर्छ, उनीहरुलाई समान र सम्मानजनक व्यवहार गर्नुपर्छ, हामी निरन्तर यस विषयमा स्थानिय तहदेखि नीतिगत तहसम्म अपांगताको सवालमा निरन्तर पैरवी गरिरहेका छौँ र यो निरन्तर सुझावसहितको खबरदारी हो ।”

    पूर्वप्रधानमन्त्री दाहालले अपाङ्गता खेलकुदको विकास तथा प्रवद्धनका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी आफु र आफनो दलले सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नुभयो ।

    अपाङ्गता खेलकुद प्रवर्धनका लागि नेपाल पारालिम्पक समितिका प्रतिनिधिहरु, खेलाडीहरुको प्रतिनिधि टोलीले बुझाएको ध्यानाकर्षण पत्रको पूर्ण पाठ यस्तो छ :
    माग तथा सुझावहरु :
    १) अपाङ्गता खेलकुदमा सहभागी खेडालीहरुको लागि राज्यले समान व्यवहार गरिनुपर्ने तथा विभेदपु्र्ण कानुनलाई अन्त्य गरिी समावेशी कानुनको निर्माण गरिनुपर्ने ।
    २) अपाङ्गता खेलकुदका प्रर्वद्धनका लागि पारा रंगशालाको निमार्ण तथा अपाङ्गता मैत्री सार्वजनिक संरचना तथा स्थलहरु निर्माणमा पहल गरिनुपर्ने ।
    ३) राष्ट्रिय तथा अन्तराष्ट्रिय पारा खेलकुदहरुमा सहभागी हुनका लागि सरकारद्वारा बजेट विनियाजन साथै आवश्यक सहयोग गर्नुपर्ने ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै