images
images
  • प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथि छलफल हुँदै

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।

    यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन– २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

    यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन– २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

    विनियोजन विधेयकमाथि संसद्मा गत वैशाख ३० गतेदेखि छलफल जारी छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै