
काठमाडौं । रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समिति विघटन भएको छ ।
बुधबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति विघटन गर्ने निर्णय गरिएको हो ।
समितिमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र डा. विश्व पौडेल सदस्य रहेका थिए । डा. पौडेल स्वयम गभर्नर बन्ने चर्चा चलेसँगै समितिको सदस्य पदबाट समेत राजीनामा दिएका थिए ।
बैठकले डा. पौडेलको स्थानमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरेको मन्त्रिपरिषद्का एक सदस्यले पुष्टि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्