images
images
  • एनसेलको लुटपाट र भ्रष्टाचार रोक्न टेरामक्स ल्याउने निर्णय गरेको हुँः मोहन बस्नेत

    काठमाडौँ । काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले लाखौंको राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएको जिकिर गरेका छन् ।

    बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको थियो । मुद्धा दायर हुनुअघि अख्तियारलाई दिएको बयानमा उनले भिओआईपी कल बाइपासमार्फत एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको सम्बन्धी अनुसन्धान प्रहरीले गरेको उनको भनाइ छ ।

    निजी टेलिकम कम्पनीले राज्यलाई अर्बौैंको राजश्व नोक्सान पारिरहेको सन्दर्भमा राज्य चुप लागेर बस्न नसक्ने भएकाले आफूले सो निर्णय गरेको उनको भनाइ थियो ।

    आफूले आर्थिक अनुशासनहीनतालाई रोक्ने प्रयासको थालनी गरेको दाबी बस्नेतले गरेका छन् । दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट हुने गरेको अवैध कल बाइपास नियन्त्रण गर्न आफूले राजस्व चुहावट रोक्न आफूले गरेको प्रयासलाई सही ठहर्ने गरी सर्वोच्च अदादलते समेत फैसला गरेको जिकिर बस्नेतले गरे ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै