
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई १ लाख जरिवानाको सजाय तोकेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेपछि पक्राउ परेका विष्टलाई अदालतले एक लाख रुपैयाँ धरौटी माग गरेको हो ।
सोमबार न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको हो । उनले धरौटी बुझाइसकेका छन् ।
अदालतको रिट तथा मुद्दा महाशाखाका शाखा अधिकृत विष्टले चौधरीलाई कारागारमा राख्नु भन्दै डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए ।
विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए । उक्त पत्रका आधारमा प्रहरीले चौधरीलाई प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको थियो ।
तर, पछि उक्त पत्र नै अनधिकृत रहेको पाइएपछि पत्र लेख्ने विष्टलाई नै प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्