
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर र प्रधानमन्त्री केपी शर्मा ओलीको टकराब सतहमा आएको छ ।
आज मात्रै प्रधानमन्त्री ओलीले सरकारी बैठकमा बालेन सहभागी नभएको भन्दै आलोचना गरेका थिए । उनले अबदेखि मेयर बालेनलाई बैठकमा नबोलाउन निर्देशन नै दिएका थिए ।
प्रधानमन्त्रीले सरकारी बैठकमा नआएको भन्दै आलोचना गरेपछि मेयर बालेनले पनि जवाफ फर्काएका छन् ।
उनले भ्रष्टाचारी जोगाउने नाइकेको कार्यक्रममा नजाने बताएका हुन् । उनले भ्रस्टचार रोक्छु भन्दा सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्ने पार्टीको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।
‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ ? त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने ?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै मेयर बालेनले प्रधानमन्त्रीलाई भ्रष्ट प्रणालीलाई समर्थन नगर्ने पनि बताएका छन् । उनले लेखेका छन्– ‘माफ गर्नुहोस् केपी ओली, म तपाईँको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्