images
images
  • गृहमन्त्रीको आह्वान– सबै मिलेर विपद् पूर्वतयारीमा जुटौँ

    मंगलवार बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो आह्वान गरे ।

    उनले पूर्वमनसुनको अवस्था रहेकाले मनसुनको बेलामा हुने विपद् जोखिम न्युनिकरण गर्नेबारेका छलफल भएको बताए ।

    उनले ¥याफ्टिङ एशोसिएशन र पर्वतारोहण संघ लगायत निजी क्षेत्रसँग छलफल भएको बताए ।

    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले अहिले प्राधिकरण निरन्तर मनसुन प्रतिकार्य योजना बनाउने क्रममा रहेको बताए ।

    उनले हिमली क्षेत्रमा उद्धारका लागि र डुबानबाट मानवीय क्षति हुन नदिनका लागि -याफ्टिङ एशोसिएशनसँग छलफल गरेको बताए । छलफलमा दुवै संस्थाहरुले सहयोगको प्रतिवद्धता जनाएको बताए ।

    उनले यस वर्ष गत वर्षको भन्दा पनि बढी वर्षा हुने र बढी गर्मी हुने अनुमान रहेको बताए । त्यसैअनुसार पूर्वतयारीमा लागेको उल्लेख गरे ।

    छलफलमा तीनै सुरक्षा निकायका विपद् हेर्ने अंगका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवं विश्व खाद्य कार्यक्रमका अधिकारीहरुको पनि सहभागिता थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै