images
images
  • लेखकको निर्देशनमा गृह मन्त्रालयका ९ कर्मचारीको एकसाथ सरुवा

    काठमाडौं । गृह मन्त्रालयले ९ जना कर्मचारीको सरुवा गरेको छ ।

    भिजिट भिसामा बदमासी गरेको उजुरी परेसँगै सहसचिव तीर्थराज भट्टराईसहित ९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

    नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौं, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

    सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारी कमला श्रेष्ठ, कम्प्युटर अपरेटर उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

    बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृत एवं सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले यस विषयमा अनुसन्धान जारी राखेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै