images
images
  • एनसीएफ महिला तथा युवा विभाग निर्वाचन प्रतिवेदनः असन्तुष्ट पक्षलाई समेटेर लान्छौँ

    काठमाण्डौँ । लोकतन्त्रमा सबै सन्तृष्ट र असन्तुष्ट पक्षलाई मिलाएर जानु नै लोकतन्त्रको सुन्दरता भएको नेपाल राष्ट्रिय मण्डली संगतिका उपाध्यक्ष तथा निर्वाचन समितिका संयोजक रेभ. वीर बहादुर कार्कीले बताएका छन् ।

    आज शुक्रवार केन्द्रीय कार्यालयमा एनसीएफ नेपाल केन्द्रीय महिला तथा युवा विभागको कोशी प्रदेशस्थित इम्मानूएल कृपा मण्डली धरानमा २०८१ चैत्र २७ र २८ गते सम्पन्न अधिवेशनको समिति गठनको प्रतिवेदन केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष रेभ. हनोक तामाङलाई हस्तान्तरण गर्दै निर्वाचन समितिका संयोजक कार्कीले एनसीएफको केन्द्रीय महिला तथा युवा विभागको गठन प्रक्रियालाई लिएर उठेका असन्तुष्टीहरुलाई न्यायोचित सम्बोधन गरिने बताएका हुन् ।

    अधिवेशनमा गठन प्रक्रियालाई लिएर उत्पन्न विवादका बारे निर्वाचन समितिको ध्यानाकर्षण भएको भन्दै निर्वाचन समितिका संयोजक रेभ. कार्कीले भने, ‘अधिवेशनका सन्दर्भमा उठेका विषय कुनै विवाद नभई संस्थाको विशुद्ध लोकतान्त्रिक अभ्यासको नमुना भएकोले, अधिवेशनको विषयलाई लिएर जति उठेका सवालहरु र व्यक्त भएका असन्तुष्टीहरु छन् । तीनलाई सम्बोधन गर्न र आवश्यक समाधान निकाल्नका लागि आगामी केन्द्रीय अधिवेशन भन्दा अगावै र्बोड बैठकमा प्रस्ताव ल्याई सोको कार्यकारीणी समितिको बैठकको निर्णयनुसार उचित समाधान निकालिने छ ।’

    रेभ. कार्कीले एनसीएफ नेपाललाई माया गरी विभिन्न माध्यमबाट आफनो मत तथा सुझाव व्यक्त गर्नुहुने तथा अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुनेप्रति सबैप्रति धन्यवाद समेत व्यक्त गरेका छन् । साथै उहाँले नेपाली चर्च समुदायमा पर्न गएको नकरात्मक प्रभावप्रति सिंगो निर्वाचन समिति क्षमाप्रार्थी रहेको बताउनुभयो ।

    उनले एनसीएफलाई नेपाली चर्चको आत्मिक वृद्धि, मजबुद् सम्बन्ध, संगति र सहकार्यको वृहत्तर हितका लागि निरन्तर प्रार्थना तथा सकरात्मक र स्वस्थ सल्लाह, सुझावको लागि समेत नेपाली चर्च समुदायलाई आह्वान गरेका छन् ।

    एनसीएफ नेपाल नेपाली चर्च समुदायको अग्रणी संस्था मात्र नभई एक अभिभावक संस्था हो । एनसीएफ नेपाल केन्द्रीय महिला तथा युवा विभागको कोशी प्रदेशस्थित इम्मानूएल कृपा मण्डली धरानमा २०८१ चैत्र २७ र २८ गते सम्पन्न अधिवेशनलाई लिएर विगत केही दिनयता सामाजिक संजालमा व्यापक असन्तुष्टि देखिएको थियो ।

    केन्द्रीय युवा तथा महिला विभाग निर्वाचन समिति

    गम्भीर ध्यानाकर्षण सम्बन्धमा ।

    एनसीएफ नेपाल केन्द्रीय महिला तथा युवा विभागको कोशी प्रदेशस्थित इम्मानूएल कृपा मण्डली धरानमा २०८ १ चैत्र २७ र २८ गते सम्पन्न अधिवेशनलाई लिएर सामाजिक सञ्जालमा व्यक्त गरिएका व्यापक जनगुनासा तथा चिन्ताप्रति निर्वाचन समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

    एनसीएफ नेपाल नेपाली चर्च समुदायको अग्रणी संस्था मात्र नभई एक अभिभावक संस्था पनि भएकाले एनसीएफ नेपाललाई माया गरी विभिन्न माध्यमबाट आफनो मत तथा सुझाव व्यक्त गर्नुहुने तथा अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा सहयोग गर्नुहुने सवै महानुभावहरूप्रति हामी निर्वाचन समिति सर्वप्रथम आभार व्यक्त गर्दछौं । अधिवेशनका सन्दर्भमा उठेका विषयहरू कुनै विवादका कुराहरू नभई संस्थाको विशुद्ध लोकतान्त्रिक अभ्यासको नमुना हो । सबै सन्तृष्ट र असन्तुष्ट पक्षलाई मिलाएर जानु नै लोकतन्त्रको सुन्दरता हो ।

    अधिवेशनको विभागीय समितिको गठन प्रक्रियालाई लिएर उठेका सवालहरू र व्यक्त भएका असन्तुष्टिहरूलाई सम्बोधन गर्न र आवश्यक समाधान निकाल्नका लागि आगामी केन्द्रीय अधिवेशनभन्दा अगावै बोर्ड बैठकमा प्रस्ताव ल्याई सोको कार्यकारिणी समितिको बैठकको निर्णयनुसार उचित समाधान निकालिने छ र सबैलाई समेटेर बाइबलको एफिसी ४:३ अनुसार हामी अघि बढन् प्रतिवद्धतासमेत व्यक्त गर्दछौं ।

    अन्त्यमा, नेपाली चर्च समुदायमा पर्न गएको नकरात्मक प्रभावप्रति हामी सिङ्गो निर्वाचन समिति क्षमाप्रार्थी छौं र नेपाली चर्चलाई यस कुरामा कति पनि निराशा नहुन आग्रह गर्दै निरन्तर प्रार्थना तथा सकरात्मक र स्वस्थ सल्लाह, सुझावको हामी सदैव स्वागत गर्दछौं ।
    धन्यवाद ।

    रेभ. वीर बहादुर कार्की
    केन्द्रीय उपाध्यक्ष तथा
    संयोजक निर्वाचन समिति

    मिति: २०८२ जेठ ९ गते

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै