images
images
  • भिजिट भिसा प्रकरणबारे गृहमन्त्री – गलत गरे राजनीतिमा देखा पर्दिनँ

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा अहिले नै धेरै नबोल्ने बताएका छन् । यसबारेमा गृह मन्त्रालयले नै विज्ञप्ति निकाल्ने उनको भनाइ छ ।

    शनिबार नेपाली काङ्ग्रेस धनुषाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।”

    पार्टीका सार्थीहरूको मन सानो हुने र टाउको निहुरिने काम आफूले कुनै पनि हातमा नगर्ने लेखकले दाबी गरे । गलत काम गरेको दिन आफू राजनीतिमा देखा नपर्नेसमेत उनले बताए ।

    लेखकले भने, “मैले जीवनभरी राजनीति गरेर कुनैपनि पार्टीको मन सानो हुने र टाउको निहुराउने काम गर्दिनँ । जुन दिन म यहाँ आएँ, त्यस्तो कुनै गलत काम हुन्छ भने त्यो दिनदेखि म राजनीतिमा देखा पर्दिनँ ।”

    अध्यागमनको सेटिङमा मानव तस्करी, त्यसबाट दैनिक ५० लाखसम्म असुली र गृहमन्त्रीको सचिवालय नै त्यसको सेटिङमा संलग्न भएको बताइएको छ । यस प्रकरणमा गृहमन्त्रीको स्वकीय सचिवालयमा रहेका गणेश ओझादेखि जनक भट्टसम्मको नाम मुछिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै