images
images
  • भूमिसम्बन्धी विधेयकमा ५५ वटा संशोधन दर्ता

    काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेस गरेको भूमिसम्बन्धी ऐन संशोधन विधेयकमाथि ५५ वटा संशोधन दर्ता भएका छन् । शुक्रबार सो विधेयकमाथि दर्ताका लागि अन्तिम दिन थियो ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले एकल र संयुक्त गरी ५५ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए ।

    सत्ता साझेदार दल नेपाली काङ्ग्रेसका सांसदहरूले संयुक्त रूपमा संशोधन दर्ता गराएका छन् । सो विधेयकमाथि संशोधन दर्ताका लागि शुक्रबार कांग्रेस सांसदहरूको बैठकसमेत भएको थियो । सो बैठकमा विधेयकका विभिन्न दफाहरूमा संशोधन गर्ने निर्णय भएअनुसार कांग्रेसबाट संशोधन दर्ता गरिएको हो ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले विभिन्न दफमा भाषागत विषय स्पष्ट पार्नुपर्ने भएकाले संशोधन दर्ता गरिएको जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै