images
images
  • अनलाइन पत्रकारको अध्यक्ष बने सत्याल, यस्तो बन्यो कार्यसमिति

    काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् ।

    शनिबार सम्पन्न संघको १४औं वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

    संघको उपाध्यक्षमा उकेरा डटकमकी प्रजु पन्त, सचिवमा विकासन्युजका सन्तोष रोकाया, कोषाध्यक्षमा इक्विटी नेपालका निर्दोष घोरसाइने साथै सदस्यहरुमा बाह्रखरीका कृष्ण लोत्थ्याल, कान्तिपुरकी पुष्पा केसी र हिमवतखण्ड डटकमका श्रीकृष्ण धिमाल चयन भएका छन् ।

    संघको १४औं साधारणसभामा संस्थापक अध्यक्ष केपी ढुङ्गाना नेतृत्वको निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको घोषणा गरेको हो । कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै