images
images
  • कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

    काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने कांग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल हुने बताइएको छ ।

    पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

    क्रियाशील सदस्यताबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष हुने सम्भावना कमजोर बनेको छ । यस्तै, बैठकमा गृहमन्त्री रमेश लेखकसँग जोडिएको अध्यागमन विवादबारे पनि छलफल हुने बुझिएको छ ।

    अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप गृहमन्त्री लेखकमाथि लागेको छ । उनले भने आरोप अस्वीकार गर्दै मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रष्ट पार्ने बताइसकेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै