images
images
  • गायक आश्रम गुरुङ्गको स्वरमा “खाडी छिर्ने हो“ सार्वजनिक

    काठमाडौं— गायक आश्रम गुरुङ र गायिका  रुपी सिङ्जाली मगरको स्वरमा रहेको “खाडी छिर्ने हो” गीतको भिडियो सार्वजनिक भएको छ ।

    वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली समाजमा व्याप्त पीडा, बाध्यता र आशालाई संगीतको माध्यमबाट उजागर गर्ने उद्देश्यले लोक गीत “खाडी छिर्ने हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गीतले खाडी मुलुकतर्फ रोजगारीको खोजीमा जाने लाखौं नेपाली युवाको कथालाई समेटिएको छ ।

    गीतको शब्द तथा संगीत स्यम गायक  आश्रम गुरुङले गरेका हुन्, जसले गीतलाई आत्मीय र वास्तविक बनाएको छ। संगीत संयोजन सुनिल परियारले गरेका छन् भने अडियो मिक्सिङ बिनोद परियारको रहेको छ।

    गीतको ध्वनिमा नेपाली मौलिक बाजाहरूको समावेशले अझ गहिरो प्रभाव पारेको छ। बाँसुरी र सारंगीको मार्मिक  रत्न बिके र हेमन्त कान्छा रसाइलीले प्रस्तुत गरेका छन। गिटार सरोज विष्टले सम्हालेका छन् भने ढोलक, तबला र माडल जस्ता परम्परागत बाजाहरू भुवन गण्डर्ब र पोशन घर्ती मगरले बजाएका छन् । स्टुडियोका रेकर्डिस्टहरूमा रमेश खड्का र रोजित महर्जन रहेका छन्।

    दृश्य सम्पादन र निर्देशन अर्जुन महर्जनले गरेका छन्। क्यामेरा अनुज काजीले सम्हालेका छन्। गीतमा आश्रम गुरुङ, रुपी सिङ्जाली मगर, किरण गुरुङ, विजय परियार, कालिदास स्वर्णकार, बलराम ओली र राजन गुरुङको सशक्त अभिनय देख्न सकिन्छ।

     गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै