images
images
  • कारागारबाट छुटे नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम

    काठमाडौं । जिउँदै ईट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतबाट जन्मकैद तोकिएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् ।

    उच्च अदालत वीरगञ्ज इजलासले आलमलाई बुधवार सफाइ दिएको छ । वीरगञ्ज अदालतबाट सफाइको पत्र प्राप्त भएसँगै आलमलाई कारागारबाट छाडिएको हो ।

    आलम ललितपुरको नख्खु कारागारबाट केहीबेरअघि रिहा भएका हुन् । उच्च अदालतका न्यायाधीशद्वयअर्जुन महर्जन र खुसीप्रसाद थारूको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको हो ।

    निर्णय सार्वजनिक भएपछि उच्च अदालत आसपासमा आलमका आफन्त तथा समर्थकहरू कारागार पुगेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै