
काठमाडौं । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताएका छन् ।
शनिवार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गर्नुभयो । तत्कालीन समयमा कुन कदम अराजनैतिक थियो भन्नेकुरा भने स्पष्ट पारेनन् ।
उनले नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गरे ।
उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फुस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाए ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गर्नुभएको आरोप लगाए ।
उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर असंवैधानिक कदम चाल्नुभएको आरोप लगाए । प्रधानमन्त्री ओलीले नेपालीहरु विभाजित हुन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्