images
images
  • मनसुनजन्य बिपद् प्रतिकार्य समिति गठन

    रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाढीपहिरोले बिगतमा जस्तो मानवीय र भौतिक क्षति नहोस् भन्ने हेतुले बलेफी गाउँपालिका–८ ले बर्खायाममा हुने मनसुनजन्य बिपद् न्यूनिकरणका लागि बिपद् प्रतिकार्य समिति गठन गरेको छ । साथै वडाका २५ जना समेटेर बिपद् सूचक तयार गरिएको छ ।

    वडा अध्यक्ष रमेश श्रेष्ठ नेतृत्वमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय स्वास्थ्य संस्था, स्थानीयबासी लगायतका सरोकारवाला व्यक्तित्व समेटर समिति गठन गरिएको छ । उक्त वडामा २०७१ सालको भीषण जुरे पहिरोबाट १ सय ५६ जनाको मृत्यु भएको थियो भने सो पहिरोले सयको संख्याका घरहरु पुरिएको थियो । सामुदायिक बिद्यालय, रिसोर्ट, सार्वजनिक संरचना पहिरोले बगाएको थियो ।

    यस्तै २०७२ सालको बिनाशकारी भूकम्पले सयौं घर ध्वस्त बनाएको थियो भने एक सय जनाको निधन भएको थियो । त्यसबेला स्थानीय स्तरमा मनसुनजन्य बिपद् न्यूनिकरण प्रतिकार्य समिति थिएन् । आगामी दिनहरुमा मनसुनजन्य र मौसमजन्य बिपद् न्यूनिकरणका लागि समिति गठन गरेर मानवीय र भौतिक क्षति हुन नदिन अहिलेदेखि नै काम थालिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    बिपद् आएमा प्रतिकार्य स्वरुप वडाले बिपद् सामाग्री तयार गर्न थालेको छ । हेलमेट, डोरी, ओकेटोके सेट, क्यारेबिन, माइकिङ सेट लगायतका सामाग्री वडाले संकलन गरेको छ ।

    अझै आवश्यक बिपद्जन्य प्रतिकार्य सामाग्रीहरु ठूलो टर्चलाइटहरु, सावेल, पिक, मेशिनरी आरा, त्रिपाल, टेन्ट, जस्तापाता लगायतका सामाग्री बलेफी गाउँपालिकालाई माग गरेको छ । साथै बिपद्का समयमा वडामा क्रियाशिल निर्माण कम्पनीसंग हेवी इक्युमेन्ट, मेशिन लगायतका सामाग्री माग गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    सिन्धुपाल्चोकमै यस बर्ष पहिरो पटक वडा स्तरमा यो नै पहिलो मनसुनजन्य बिपद् न्यूनिकरणका काम सुरु भएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै