
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्य गर्नको लागि सत्तापक्ष र प्रतिपक्षबीच सकारात्मक संवादहरु भएको बताएका छन् ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् । उनले प्रतिपक्षीले अघि सारेका मागहरु कुनैपनि हालत पूरा गर्न नसकिने पनि दोहोर्याए ।
संसदलाई सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा प्रतिपक्षहरु पुगेको उल्लेख गर्दै उनले छिट्टै संसद खुल्ने बताए ।
‘अब हाउस सुचारु गरेर जानुपर्छ भन्ने ठाउँमा उहाँहरु (प्रतिपक्षीहरु) आउनुभएको छ । यो नै सकारात्मक कुरा हो । त्यही जगबाट हिजो हाउस उहाँहरुकै कारण अवरुद्ध भएको थियो । भोलि हाउस उहाँहरुकै कारण सुचारु हुने परिस्थिति विकास हुन्छ’ उनले भने ।
प्रतिपक्षीहरुकै कारण अवरुद्ध भएको संसद भोलि उनीहरुकै कारण सुचारु हुने परिस्थितिको विकास हुने बर्तौलाको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्