images
images
  • भाषामा समझदारी बनेपछि संसद चल्छ : प्रचण्ड

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिटै सदन चल्नेमा आफू आशावादी रहेको बताएका छन् ।

    आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

    उनले काँग्रेस सभापति देउवासँगको भेटघाटपछि सबैमा लचकताको महसुस गरेको उल्लेख गर्दै समस्या समाधान गर्न माओवादी मात्र लचिलो भएर नहुने टिप्पणी गरे । उनले भाषामा सहमति बनेपछि छिट्टै संसद चल्ने बताए ।

    उनले भने ‘सबै लचिलो बन्नुपर्छ । समस्या समाधान गर्नको लागि माओवादी लचिलो बनेर मात्र पुग्दैन । सरकार पनि लचिलो हुनुपर्छ । तर हिजो काँग्रेस सभापतिज्यूसँग कुरा गर्दा सबैतिर लचकताको संकेत मैले देखेको छु । मलाई लाग्छ भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्छ ।’

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न माग गर्दै प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै