images
images
  • बिकट बस्तीका महिलालाई पाठेघर र स्तन क्यान्सरको उपचार

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बिकट गाउँबस्तीका महिलाहरुको पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ सम्बन्धी परिक्षण र उपचार सेवा प्रदान गरिएको छ ।

    बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी गापा, बलेफी गापा, सुनकोशी गापा लगायतका एक हजार बढी महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्बन्धी उपचार सेवा प्रदान गरिएको सह–आयोजक संस्था साथी फाउण्डेसन नेपालका अध्यक्ष बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

    भक्तपुर क्यान्सर अस्पतालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको नगर अस्पताल आएर निशुल्क पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङको उपचार प्रदान गरेको हो । उक्त अस्पतालका निमित्त कायृकारी निर्देशक डा.उज्जवल चालिसेसहितको स्वास्थ्यकर्मीले पाठेघर, स्तन क्यान्सर स्क्रिनिङ सम्बन्धी भिडियो एक्सरे, जनरल परीक्षण, एलबीसी लगायतका स्वास्थ्य परीक्षण र उपचार गरिएको डा. चालिसेले बताउनु भएको छ ।

    स्वास्थ्य शिविरमा पाठेघर दुख्ने, पोल्ने, आङ खस्ने, सेतो पानी बग्ने लगायतका जस्ता समस्या भेटिएको थियो । हजार जना महिला मध्ये ३ सय ७१ जना महिलाहरुलाई पाठेघर समस्या देखिएको र सात जना महिलामा गम्भीर प्रकृतिको समस्या पत्ता लागेकोले थप उपचारका लागि राजधानी रिफर चालिसेले जानकारी दिनुभयो ।

    साथी फाउण्डेसन नेपाल, बाह्रबिसे नगरपालिका, इलेक्ट्रो पावर कम्पनी सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । घर नजिकै पाठेघर र स्तन क्यान्सर सम्बन्धी उपचार गराउन पाउदाँ समय र पैसाको बचत भएको त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनकी भगवती भण्डारीले खुशी प्रकट गर्नु भएको छ ।

    नेबिसंघका पूर्व महामन्त्री समेत रहनु भएका तिमल्सिनाले अन्य पालिकामा पनि महिला केन्द्रीत निशुल्क शिविर संचालन गर्दे आएको बताउनु भयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै